एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा लिलेलाई पराजित गरेको छ ।

आइतवार भएको खेलमा पिएसजीले घरेलु मैदानमा लिलेलाई ४–३ ले पराजित गरेको हो ।

पेरिस दस प्रिन्सेसमा ११ औं मिनेटमा नेईमार जुनियरको पासमा केलियन एम्बाप्पेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको ६ मिनेटपछि १७ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई २–० ले अघि बढाएका थिए ।

तर, २४ औं मिनेटमा बाफोडे दियाकाइतले गोल फर्काउदै खेललाई २–१ मा ल्याए । खेलको ५८ औं मिनेटमा जोनाथन डेभिडले पेनाल्टीमार्फत गोल गर्दै लिलेलाई २–२ को बराबरीमा ल्याएका थिए ।

त्यसअघि ५१ औं मिनेटमा नेईमार चोटग्रस्ट हुँदै मैदानबाट बाहिरिएका थिए । खेलको ६९ औं मिनेटमा जोनाथन बाम्बाले गोल गर्दा लिले खेलमा ३–२ ले अघि बढेको थियो ।

त्यसपछि ८७ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत रुपमा दोस्रो गर्दा खेललाई ३–३ को बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटको समयपछि थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा लियानल मेसीले गोल गर्दा खेल पिएसजीले सनसनी रुपमा ४–३ ले जित्यो ।

जितसंगै घरेलु टोलीले २४ खेलमा ५७ अंक जोडेको छ । पिएसजी लिग तालिकाको शीर्ष स्थानमा छ ।

यता, पराजित लिलेको समान खेलमा ४१ अंक छ । लिले तालिकाको छैटौं स्थानमा झरेको छ ।

लिग वानअन्तर्गत आइवार नै भएको अन्य खेलमा स्टार्सबर्गले एन्जरमाथि २–१ को जित हात पारेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.