एजेन्सी । स्पेनिस महारथी रियल मड्रिड युरोपेली क्लब फुटबलको लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा स्तब्ध बनेको छ ।
विहिवार राति भएको खेलमा फ्रान्सेली क्लब लिलसंग साविक विजेता रियल मड्रिड १–० ले स्तब्ध बनेको हो ।
लिलको घरेलु मैदान डिकाल्टोन एरिना स्टेड पिइरे मौरोय रंगशालामा भएको खेलमा जोनाथन डेभिडले घरेलु टोलीका लागि निर्णायक गोल गरे ।
जोनाथनले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै लिललाई ऐतिहासिक जित दिलाए ।
महत्वपूर्ण जितसंगै लिलले २ खेलबाट ३ अंक जोड्दै लिग तालिकामा १८ औं स्थानमा उक्लेको छ ।
पराजित मड्रिडको समान २ खेलमा ३ अंक रहेतापनि गोलअन्तरका आधारमा तालिकाको १७ औं स्थानमा रहेको छ ।