
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वानअन्तर्गत खेलमा लिलमाथि सहज जित हासिल गरेको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता पिएसजीले लिलमाथि ३–१ को सहज जित हासिल गरेको हो ।
लिलको घरेलु मैदान डिकाथलोन एरिना स्टेड पिएरे मौरोय रंगशालामा भएको खेलमा भ्रमणकारी टोली पिएसजीलाई जिताउन भिटिन्हा, ब्राड्ले बार्कोला र रान्डाल कोलो मुनाइले समान एक–एक गोल गरे ।
पराजित घरेलु टोलीका लागि इडोन जेहेगरोभाले सान्तोना गोल फर्काए ।
पहिलो हाफको ३३ औं मिनेटमा भिटिन्हाको पेनाल्टी गोलमार्फत् पिएसजीले सुरुवाती अग्रता लियो ।
त्यसको तीन मिनेटपछि नै मार्को एसेन्सियोको पासमा बार्कोलाले गोल थप्दा पिएसजी २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ७८ औं मिनेटमा बाफोडे डियाकाटको पासमा जेहेगरोभाले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
तर, खेलको इन्जुरी समयको दोस्रो मिनेटमा मुनाइले गोल थप्दा पिएसजी ३–१ ले विजयी भयो ।
सहज जितसंगै पिएसजीले ३ खेलबाट ९ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
पराजित लिलको समान ३ खेलमा ६ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।