एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वान उबेर एट्सअन्तर्गत खेलमा लिलमाथि पुनरागमन जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको पिएसजीले लिलमाथि ३–१ को पुनरागमन जित हासिल गरेको हो ।
पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा गोन्कालो रामोस र रान्डाल कोलो मुनाईले गोल समान एक–एक गोल गर्दा भ्रमणकारी टोलीका एलेक्सान्ड्रोले आत्मघाती एक गोल उपहार दिए ।
पराजित टोलीका लागि युसुफ याजिकीले एक गोल गरे ।
खेल सुरु छैटौं मिनेटमै भ्रमणकारी टोलीका लागि युसुफले गोल गर्दै सनसनी १–० को अग्रता दिलाए ।
तर, त्यसको चार मिनेटपछि नै ओसमान डेम्बेलेको पासमा रामोसले गोल घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि १७ औं मिनेटमा लिलका एलेक्सान्ड्रोले आत्मघाती गोल गर्न पुग्दा पिएसजी २–१ ले अघि बढ्यो ।
यता, खेलको ८० औं मिनेटमा ब्राड्ले बार्कोलाको असिस्टमा रान्डाल कोलो मुनाईले गोल थप्दा पिएसजी ३–१ ले विजयी भयो ।
सहज पुनरागमन जितसंगै लिग लिडर पिएसजीले २१ खेलमा ५० अंक जोडेको छ ।
पराजित लिलको भने समान खेलमा ३५ अंकसहित तालिकामा चौथौं स्थानमा यथावत रहेको छ ।