
एजेन्सी । लिभरपूलले इंग्लिस फुटबलको नकआउट प्रतियोगिता इइफएइल कपको उपाधि जितेको छ ।
आईतवार राति भएको फाइनल खेलमा लन्डन क्लब चेल्सीलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै मर्सिसाइड क्लबले उपाधि जितेको हो ।
इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बली रंगशालामा भएको खेलमा लिभरपूललाई १० औं लिग कपको उपाधि दिलाउन कप्तान समेत रहेका भिर्गिल भ्यान डाइकले निर्णायक गोल गरे ।
भ्यान डाइकले ११८ औं मिनेटमा कास्टास सिमिकासको असिस्टमा गोल गर्दै लिभरपूललाई १–० ले जिताए ।
त्यसअघि ६१ औं मिनेटमा पनि भ्यान डाइकले गोल गरेतापनि भिएआरले मान्यता नदिँदा लिभरपूल अग्रता लिनबाट चुक्यो ।
योसंगै रेड्सका रुपमा समेत चिनिने लिभरपूलले मोहम्मद सल्लाह, डार्विन नुनेज, ट्रेन्ट एलेक्जान्डर आर्नोल्डजस्ता महत्वपूर्ण खेलाडीविना जारी सिजन खराब लयबाट गुर्जिरहेको चेल्सीलाई स्तब्ध पार्दै सिजनको पहिलो उपाधि जित्न सफल भयो ।