
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा बलियो लिभरपूल ब्राइटनसंग पराजित भएको छ ।
सनिवार राति भएको खेलमा लिभरपूल ब्राइटनसंग ३–० ले पराजित भएको हो ।
एमेक्स रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४६ औं मिनेटमा सोलोमोन मार्चले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएको थियो ।
५३ औं मिनेटमा मार्चले नै व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेलमा ब्राइटन २–० ले अगाडी बढ्यो ।
यता, ८१ औं मिनेटमा ड्यानी वेलबेकले गोल गर्दा मर्सिसाइड क्लब ३–० ले ब्राइटनसंग स्तब्ध बन्यो ।
जितसंगै ब्राइटन लिग तालिकाको सातौं स्थानमा उक्लेको छ । ब्राइटनले १८ खेलमा ३० अंक जोडेको छ ।
यता, पराजय बेहोरेको लिभरपूलको समान खेलमा २८ अंक छ । मर्सिसाइड क्लब तालिकाको आठौं स्थानमा झरेको छ ।
प्रिमियर लिगअन्तर्गत अन्य खेलमा उल्भ्सले वेस्टह्याममाथि १–० को जित रच्यो ।
त्यस्तै, एभरर्टन साउथह्याम्टनसंग २–१ ले पराजित हुँदा नटिङघम फोरेस्टले लेस्टरसिटीमाथि २–० को जित निकाल्यो ।