एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत चिरपरिचित प्रतिद्वन्दी लिड्स युनाइटेडमाथि रोमाञ्चक जित हात पारेको छ ।
आइतवार राति भएको खेलको अन्तिम १० मिनेटमा ५ मिनेटको अन्तरमा २ गोल गर्दै लिड्स युनाइटेडमाथि रोमाञ्चक २–० को जित हात पारेको हो ।
इलाण्ड रोड रंगशालामा भएको खेलमा घरेलु टोली लिड्स अन्तिम १० मिनेट सम्हालिन नसकिदा पराजित हुन पुग्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा घरेलु टोलीलाई बल पोजेसनमा दवावमा राखेतापनि भ्रमणकारी टोलीले राम्रो मौका बुन्न सकिरहेको थिएन ।
यता, घरेलु टोलीले भने भ्रमणकारी टोलीले भन्दा तुलनात्मक रुपमा राम्रो अवसरहरु सिर्जना गरेता पनि गोल भने निकाल्न सकेनन् । परिणामतः खेलको ८० औं मिनेटमा लुक सको क्रसमा माकर्स रासफोडले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाए ।
त्यसको ५ मिनेट पछि नै जोर्डन सान्चोको स्थानमा मैदान प्रवेश गरेका युवा खेलाडी अलेक्जान्द्रो ग्रानाचोले गोल गर्दा म्यानचेस्टर २–० ले विजयी रह्यो ।
जितसंगै म्यानचेस्टरले २३ खेलमा ४६ अंक जोडेको छ । म्यानचेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता, पराजित लिड्सको २२ खेलमा १९ अंक छ । लिड्स लिग तालिकाको १७ औं स्थानमा छ ।