भक्तपुर । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा सिरिजमा खराब सुरुवात गरेको छ ।

सोमवार रातिदेखि सुरु भएको विश्वकप लिग २ अन्तर्गत त्रिदेशिय क्यानडा सिरिजमा घरेलु टोलीसंग १०३ रनको विशाल हार बेहोर्दै नेपालले खराब सुरुवात गरेको हो ।

योसंगै लिग २ को तालिकामा ५ खेलबाट १ जित र ४ हारको नतिजासहित मात्र २ अंक जोडेर नेपाल पुच्छारबाट दोस्रो अर्थात् सातौं स्थानमा कायम छ ।

क्यानडाले भने ९ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

क्यानडास्थित मापेल लिफ क्रिकेट मैदानमा भएको खेलमा २५४ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा अलआउट हुँदा मात्र १५० रनमा समेतियो ।

नेपालका लागि करण केसीले २ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोड्दै पेविलियन फर्किदा सन्दिप लामिछानेले १६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन जोडेर आउट भए ।

त्यस्तै, विकेटकिपर आसिफ शेखले ३० बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा भिम सार्कीले ३० बलमा २ चौका प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

यता, गुलशन झाले २७ बलमा १ चौका मद्दतमा १५ रन बनाएर पेविलियन फर्किदा कुशल मल्लले ४१ बलको सामना गर्नेक्रममा १२ रन जोडेर आउट भए ।

दिपेन्द्र सिंह ऐरी ८, सोमपाल कामी ६, कप्तान रोहित पौडेल ५ र ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १ रनमा पेविलियन फर्किदा ललित राजबंशी भने शुन्य रनमा अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा १६ रन जोड्यो ।

नेपाललाई सस्तैमा स्तब्ध बनाउन घरेलु टोलीका लागि डिलन हेलिगरले सर्वाधिक ५ विकेट लिँदा, अन्श पटेल र अखिल कुमारले २–२ तथा साद बिन जफरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २५३ रन जोड्यो ।

क्यानडाका लागि कप्तान निकोलास क्रिटनले ४४ बल खेल्नेक्रममा ३ चौका र ६ छक्का प्रहार गर्दै ७३ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान नभनित धलिवालले ९० बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ४८ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, डिलन हेलिगरले २७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर आउट हुँदा हर्ष ठाकेरले ६१ बल खेल्नेक्रममा १ चौका मद्दतमा २७ रन जोडेर रनआउट भए ।

यता, साद विन जफरले १३ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा प्रगत सिंहले ३५ बलको सामना गर्दै १ छक्का प्रहार गरेर १७ रन जोडेर पेविलियन फर्किए ।

अर्का ओपनर ब्याट्सम्यान आरोन जोनसनले १६ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा कलिम सानाले ८ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर श्रेयस मोभ्भा ४ रनमा पेविलियन फर्किदा अखिल कुमार शुन्य रनमा अविजित रहे ।

घरेलु क्यानडाले अतिरिक्त रुपमा १७ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामी र ललित राजबंशीले २–२ विकेट लिँदा रोहित पौडेल, सन्दिप लामिछाने र गुलशन झाले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.