भक्तपुर । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका सिरिजमा स्कटल्याण्डमाथि महत्वपूर्ण जित निकालेको छ ।

मंगलवार राति भएको खेलमा नेपालले साविक विजेता स्कटल्याण्डमाथि महत्वपूर्ण ५ विकेटको जित निकालेको हो ।

यो नेपालको लिग २ मा १० खेलमा मात्र दोस्रो जित हो ।

नेपालले लिग २ को तालिकामा ५ अंक जोडेर पुच्छारबाट दोस्रो अर्थात् सातौं स्थानमा कायम रहेको छ ।

पराजित स्कटल्याण्डको भने समान ११ अंकसहित तालिकाको चौथौं स्थानमा रहेको छ ।

संयुक्त राज्य अमेरिकाको टेक्सास्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा १५५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै १५७ रन जोड्यो ।

नेपाललाई जिताउन आरिफ शेखले ४२ बलमा ८ चौका प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा गुलशन झाले पनि ३० बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर अविजित रहे ।

त्यस्तै, कुशल भुर्तेलले ३४ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर आसिफ शेखले ३४ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर अनिल साहले १९ बल खेल्दा १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा कुशल मल्ल ७ र कप्तान रोहित पौडेल १ रनमा पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा १४ रन जोड्यो ।

स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले २ विकेट लिँदा ब्राड्ले कुरेइ, मार्क वाट र ज्याक जार्भिसले १–१ विकेट लिइ ।

त्यसअघि टस जितेको नेपालले स्कटल्याण्डलाई पहिला ब्याटिङमा निम्यायो ।

स्कटल्याण्डले ४१.४ ओभरमा अलआउट हुँदै १५४ रन जोड्यो ।

स्कटिस टोलीका लागि मार्क वाटले ४० बलमा ३ छक्का प्रहार गरेर ३४ रन जोड्दा कप्तान रिची बेरिङटनले ४५ बलको सामना गर्दै २ चौका प्रहार गरेर १९ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, माइकल जोन्सले २९ बलमा २ चौका प्रहार गर्दै १९ रन जोडेर आउट हुँदा ब्रान्डन म्याकमुलेनले ३६ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

यता, विकेटकिपर म्याथ्यु क्रसले ३४ बलको सामना गर्दा १५ रन जोडेर आउट हुँदा अर्का ओपानर एन्ड्रियु उमिदले १९ बल खेल्दै ३ चौका प्रहार गरेर १४ रन जोड्दै पेविलियन फर्किए ।

माइकल लिइस्कले १७ बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा ब्राड ह्वील ९ रनमा पेविलियन फर्किए ।

ब्राड्ले कुरे १ रनमा अविजित रहँदा चार्ली टेर र ज्याक जार्भिस शुन्य रनमा पेविलियन फर्किए ।

स्कटल्याण्डले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

स्कटिस टोलीलाई सस्तैमा अलआउट गर्न नेपालका लागि स्पिनर सन्दिप लामिछानेले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चिएर सर्वाधिक ३ विकेट लिँदा करण केसी, सोमपाल कामी र गुलशन झाले २–२ विकेट लियो ।

त्यस्तै, आरिफ शेखले १ विकेट लियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.