एजेन्सी । क्यानडाले दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।

बुधवार क्यानडामा सुरु भएको त्रिदेशिय (युएई, क्यानडा र स्कटल्याण्ड) बीचको लिग २ सिरिजअन्तर्गत पहिलो खेलमा क्यानडाले युएईलाई ३ विकेटले पराजित गरेको हो ।

महत्वपूर्ण जितसंगै क्यानडाले लिग २ तालिकामा २ अंक जोड्दै नेपाललाई उछिन्दै तेस्रो स्थानमा उक्लेको छ ।

लिग २ मा ४ खेल खेलिसकेको नेपालको पनि समान २ अंक नै रहेतापनि नेट रननेटका आधारमा नेपाल चौथौं स्थानमा झरेको हो ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १९५ रनको विजयी लक्ष्य पछ्याएको क्यानडाले ४७.४ ओभर खेल्नेक्रममा १९८ रन जोड्यो ।

क्यानडाको जितमा निकोलास क्रिटनले ९० बल खेल्नेक्रममा ७ चौका प्रहार गर्दै ६८ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर श्रीमन्थ विजयरत्नेले ८३ बलमा ६ चौका प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, कप्तान साद बिन जफरले ४१ बलमा १ चौका प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा दिलन हेलिगरले ६ बल खेल्दै २ चौका प्रहार गरेर १० रन जोड्दै अविजित रहे ।

यता, हर्ष थाकेर ८, परगत सिंह ६, नभनित धलिवाल ५, आरोन जोनसन ४ र श्रेयास मोभ्भा ३ रन जोडेर पेविलियन फर्किए ।

क्यानडाले अतिरिक्त रपमा १४ रन जोड्यो ।

युएईका लागि जाहोर खानले ३ विकेट लिँदा जुनैद सिद्दिक्यु र आयान अफजल खानले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको युएईले ४७.५ ओभरमा अलआउट हुँदै १९४ रन जोड्यो ।

घरेलु टोलीका लागि कप्तान मुहम्मद वासिमले ८२ बलमा ६ चौका प्रहार गर्दै ४९ रन जोड्दा आयान अफजल खानले ५० बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै ३८ रन जोड्दै पेविलियन फर्किए

त्यस्तै, मुहम्मद जुनैबले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा बसिल हामिदले ५३ बलको सामना गर्दा १९ रन जोडेर पेविलियन फर्किए ।

यता, आसिफ खानले २७ बल खेल्दै २ चौका प्रहार गरेर १६ रन जोडेर आउट हुँदा अलिसान शराफुले २४ बलमा ३ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।

जाहोर खान ३ रनमा अविजित रहँदा राहुल चोपरा ४, सञ्चित शर्मा १, विकेटकिपर तासिन सुरी र जुनैद सिद्दिक्यु शुन्य रनमा पेविलियन फर्किए ।

युएईले अतिरिक्त रुपमा १८ रन जोड्यो ।

घरेलु टोलीलाई अलआउट गर्न कलिम सानाले ८.५ ओभर बलिङ गर्नेक्रममा १ मेडन राखेर सर्वाधिक ४ विकेट लिँदा दिलन हेलिगरले २, साद बिन जफर, अमर खालिद र हर्ष थाकेरले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.