भक्तपुर । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ ।
नेपालले घरेलु टोली क्यानडासंग नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल खेल्दैछ ।
क्यानडामा सेप्टेम्बर १६ देखि २४ तारिखसम्म हुने त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल, क्यानडा र ओमान खेल्दैछ ।
यसअघि नेपालमै भएको लिग २ अन्तर्गत पहिलो सिरिजमा नेपालले खराब सुरुवात गरेको थियो ।
जसअनुसार नेपालले ४ खेल खेल्दा २ खेलमा पराजय बेहोर्दा मात्र १ जितसहित २ अंकका जोडेको छ ।
नेपाल लिग २ को तालिकामा अहिले सातौंमा रहेको छ ।