भक्तपुर । आईसीसी क्रिकेट विश्वकप लिग २ मा अन्तर्गत अमेरिका सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

आईतवार राति भएको खेलमा नेपाल घरेलु टोली संयुक्त राज्य अमेरिकासंग ३ विकेटले पराजित भएको हो ।

टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा भएको खेलमा २८७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै २९१ रन जोड्यो ।

अमेरिकालाई जिताउन शयान जाहानगिरले ९७ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १०४ रनको शतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर मोनाङ्क पटेलले ७६ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दा शाड्ले भान स्चालक्वेकले ३७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर अविजित रहे ।

यता, सैतेजा मुक्कामल्लाले १९ बलमा ११ रन जोडेर आउट हुँदा मिलिन्ड कुमार ५, ओपनर ब्याट्सम्यान एन्ड्रेस गौस १ र सञ्जय कृष्णा मुर्ति शुन्य रनमा पेविलियन फर्किए ।

अमेरिकाले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ र ललित राजबंशीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेल खेल्नेक्रममा अलआउट हुँदै २८६ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ९६ रनको शतक नजिक पुगेर आउट हुँदा ओपनर ब्याट्सम्यान अनिल साहले ६२ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा आरिफ शेखले ४५ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गरेर ३७ रन जोड्दै पेविलियन फर्किए ।

यता, दिपेन्द्र सिंह ऐरीले १७ बलमा १३ रन जोडेदै आउट हुँदा कुशल भुर्तेलले २८ बलको सामना गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।

सन्दिप लामिछाने ५, करण केसी ३ र सोमपाल कामी २ रनमा आउट हुँदा ललित राजबंशी १ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

घरेलु टोली अमेरिकाका लागि नोस्थुस केन्जीजेले ४ विकेट लिँदा सौरब नेत्रभल्करले २, शाड्ले भान स्चालक्वेक, जेसी सिंह र हरमित सिंहले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.