
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) लिग वानअन्तर्गत खेलमा रैम्ससंग बराबरीमा रोकिएको छ ।
आईतवार साँझ भएको खेलमा लिग लिडर पिएसजी तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी रैम्ससंग २–२ को बराबरीमा रोकिएको हो ।
पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि गोन्कालो रामोसले एक गोल गर्दा अर्को एक गोल रेम्सका युनिस अब्देलहामिदले आत्मघाती गोल गरे ।
भ्रमणकारी टोलीका लागि भने मार्सल मुनेट्सी र औमार ड्याकेटले गोल गरे ।
खेल सुरु भएको छैटौं मिनेटमा मुनेट्सीको गोल मार्फत् भ्रमणकारी टोलीले सुरुवाती अग्रता बनायो ।
तर, १७ औं मिनेटमा रैम्सका युनिसले आत्मघाती गोल गर्न पुग्दा खेल १–१ को बराबरीमा आयो ।
त्यसको दुई मिनेटपछि नै रामोसले गोल गर्दा र्पिसजी २–१ ले अघि बढ्यो ।
यता, पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा औमारले रेम्सका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र बराबरीमा सकियो ।
जारी सिजन लिग वानमा लिग लिडर पिएसजीले २५ खेल खेलिसक्दा ५६ अंक जोडेको छ ।
यता, रैम्सको भने २५ खेलमा ३५ अंक भएको छ ।
रैम्स तालिकाको ९ औं स्थानमा रहेको छ ।