एजेन्सी । फ्रान्सेली लिग वानमा मर्सेलले नान्टेसमाथि जित हासिल गरेको छ ।
आईतवार राति भएको खेलमा मर्सेलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी नान्टेसमाथि २–१ को जित हासिल गरेको हो ।
नान्टेसको घरेलु मैदान ला बेउजोइरे लुइस फोन्टेनेउ रंगशालामा भएको खेलमा मर्सेललाई जिताउन निल माउपे र म्यानसन ग्रिनउडले गोल गरे ।
पराजित घरेलु टोलीका लागि टिनो केडावेरेले एक गोल फर्काए ।
पहिलो हाफको २४ औं मिनेटमा जोन रोयको पासमा माउपेले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ३९ औं मिनेटमा मार्कुस कोकोको पासमा टिनोले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ६१ औं मिनेटमा लुइस हेनरिकको पासमा ग्रिनउडले गोल गर्दा मर्सेले २–१ ले विजयी भयो ।
जितसंगै मर्सेलेले १० खेलबाट २० अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित नान्टेसको भने समान १० खेलमा १० नै अंकसहित तालिकाको १४ औं स्थानमा झरेको छ ।