एजेन्सी । बायर लेभरकुसेनले बुडेसलिगाअन्तर्गत खेलमा एफसी युनियन बर्लिनमाथि जित निकालेको छ ।

सनिवार राति भएको खेलमा लिग लिडर बायर लेभरकुसेनले एफसी युनियन बर्लिनसंग १–० को जित निकालेको हो ।

बर्लिनको घरेलु मैदान एन देर अल्टेन फोरस्टेरेइ रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीको जितमा फ्लोरियान विर्ट्जले एकमात्र निर्णायक गोल गरे ।

पहिलो हाफको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा रोविन गोसेन्सलाई फाउलका लागि दोहोरो पँहेलो कार्ड देखाउँदा घरेलु टोली १० खेलाडीमा समेतियो ।

यता, इन्जुरी समयको आठौं मिनेटमा फ्लोरियानले पेनाल्टीमा गोल गर्दै लेभरकुसेनलाई १–० ले अघि बढाए ।

त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट थप गोल निस्किएन र खेल लेभरकुसेनले जित्यो ।

जितसंगै शीर्ष स्थानमा रहेको लेभरकुसेनले २९ खेलबाट ७६ अंक जोडेको छ ।

गयराति नै भएको अर्को खेलमा साविक विजेता बायर्न म्युनिख भने तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एफसी हैदेनहैमसंग ३–२ ले पराजित रह्यो ।

पराजयसंगै म्युनिखको उपाधि रक्षा अभियान थप कमजोर भएको छ ।

म्युनिखको २८ खेलमा ६० अंक छ ।

यो भनेको शीर्ष स्थानमा रहेको बायर लेभरकुसेनको भन्दा १६ अंकले पछि हो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.