एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा ओसासुनालाई पराजित गरेको छ ।

सनिवार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले ओसासुनालाई ४–२ ले पराजित गरेको हो ।

ओसासुनाको घरेलु मैदान इल सादार रंगशालामा भएको खेलमा भ्रमणकारी टोली मड्रिडको जितमा भिनिसियस जुनियरले दुई गोल गर्दा ड्यानी कार्भाजल र ब्राहिम डाइजले एक–एक गोल गरे ।

पराजित घरेलु टोलीका लागि अन्टे बुदिमिर र इकर मुनोजले गोल एक–एक गोल फर्काए ।

खेल सुरु भएको चौथौं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत् भ्रमणकारी टोलीले सुरुवाती अग्रता लियो ।

तर, सातौं मिनेटमा बुदिमिरले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

यता, १८ औं मिनेटमा फ्रेड्रिको भालभार्डेको पासमा कार्भाजलले गोल गर्दा मड्रिड २–१ ले अघि बढ्यो ।

त्यस्तै, दोस्रो हाफको ६१ औं मिनेटमा भाल्भार्डेकै पासमा डाइजले गोल थप्दा मड्रिड ३–१ ले अघि बढ्यो ।

त्यसको तीन मिनेटपछि नै भाल्भार्डेले ह्याट्रिक असिस्ट मद्दतमा भिनिसियस जुनियरले गोल थप्दै मड्रिडलाई ४–१ ले अघि बढाए ।

यता, खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा ओसासुनाका लागि मुनोजले गोल फर्काउँदा खेल ४–२ ले सकियो ।

सहज जितसंगै लिग लिडर मड्रिडको २९ खेलमा ७२ अंक भएको छ ।

पराजित ओसासुनाको समान २९ खेलमा ३६ अंकसहित तालिकाको ११ औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.