
एजेन्सी । इटालियन सिरी एमा नापोली लाजियोसंगै पराजित भएको छ ।
शुक्रवार राति भएको खेलमा लिग लिडर नापोली लाजियोसंग आफ्नै मैदानमा १–० ले पराजित भएको हो ।
दिएगो अर्मान्डो म्यारोडोना रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ६७ औं मिनेटमा म्याट्यिास भिसिनोको एकमात्र गोल निर्णायक बन्दा भ्रमणकारी टोली नापोलीले खेल १–० ले जित्यो ।
जितसंगै लाजियो २५ खेलमा ४८ अंक जोड्दै सिरी एको तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको इन्टर र एसी मिलानको ४७ अंक छ ।
यता, पारजित नापोलीको २५ खेलमा ६५ अंक छ । नापोली लिगको शीर्ष स्थानमा छ ।