एजेन्सी । जारी सिजन उच्च लयमा रहेको जिरोनाले स्पेनिस ला लिगाअन्तर्गत खेलमा सेभिल्लामाथि फराकिलो जित रहेको छ ।

आईतवार राति भएको खेलमा लिग लिडर जिरोनाले सेभिल्लामाथि ५–१ को फराकिलो जित रचेको हो ।

जिरोनाको घरेलु मैदान मिनिसिपल दि मोन्टिलिभी रंगशालामा भएको खेलमा एक गोलले पछि रहेको स्थितिमा पुनरागमन गर्दै फराकिलो जित निकाल्यो ।

खेल सुरु भएको १० औं मिनेटमा इसाक रोमेरोले गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढाए ।

तर, त्यसको तीन मिनेटपछि नै साभियोको पासमा अट्रेम डोभबेकले जिरोनाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

लगत्तै दुई मिनेटपछि १५ औं मिनेटमा पोर्टुको पासमा डोभबेकले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा जिरोना २–१ ले अघि बढ्यो ।

यता, १९ औं मिनेटमा यान कौटोको पासमा युक्रने फरवार्ड डोभबेकले ह्याट्रिक पूरा गर्दा जिरोना ३–१ को सहज अग्रतातर्फ लम्कियो ।

दोस्रो हाफको ६५ औं मिनेटमा साभियोको पासमा भिक्टर स्याहान्कोभले गोल थप्दै घरेलु टोलीलाई ४–१ ले अघि बढाए ।

खेलको अन्त्यतिर ८९ औं मिनेटमा मिगुएल स्टुआनाीले गोल थप्दा जिरोना ५–१ ले विजयी भयो ।

फराकिलो जितसंगै लिग लिडर जिरोनाले २१ खेलबाट ५२ अंक जोडेको छ ।

पराजित सेभिल्लाको भने समान २१ खेलबाट १६ अंकमात्र रहेको छ ।

सेभिल्ला तालिकाको १७ औं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत गयराति नै भएको अर्को खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ४–२ को जित निकाल्यो ।

बेटिसको घरेलु मैदान बेनिटो भिल्लामारिन रंगशालामा भएको खेलमा २१ औं मिनेटमा पेड्रीको पासमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलायो ।

त्यस्तै, दोस्रो हाफको ४८ औं मिनेटमा टोरेसले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा बार्सिलोना २–० ले अघि बढ्यो ।

तर, ५६ औं मिनेटमा घरेलु टोली इस्कोको गोलमार्फत खेलमा फर्किदा २–१ को अवथा रह्यो ।

त्यसको ती मिनेटपछि नै लुइज हन्रिक्युको असिस्टमा इस्कोले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा घरेलु टोली २–२ को बराबरीमा आयो ।

त्यसपछि खेलको ९० औं मिनेटमा टोरेसको पासमा जाओ फेलेक्सले गोल थप्दा बार्सिलोना पुनः ३–२ को अग्रतामा अघि बढ्यो ।

त्यसको दुई मिनेटपछि नै लामिन यामलको पासमा टोरेसले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–२ ले विजयी भयो ।

जितसंगै बार्सिलोनाले २० लिग खेलबाट ४४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित रियल बेटिसको भने २१ खेलबाट ३१ अंकसहित तालिकाको ९ औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.