भक्तपुर । इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि जित निकाल्दै आर्सनलले उपाधि होडमा ७ अंकको स्पष्ट अग्रता लिएको छ ।

सनिवार राति भएको खेलमा आर्सनलले ब्राइटनमाथि ४–२ को जित हात पारेको हो ।

आर्सनलका लागि बुकायो साका, मार्टिन ओडिगार्ड, इडवार्ड केटिह र ग्रावियल मार्टिनेलीले गोल गरे । यता, ब्राइटनका लागि कौरु मितोमा र इभान फर्गुसनले एक–एक गोल गरे ।

एमेक्स रंगशालामा खेलको दोस्रो मिनेटमा साकाको गोलमार्फत आर्सनलले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ओडिगार्डले ३९ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा आर्सनललाई २–० ले अघि बढाएका थिए ।

दोस्रो हाफको ४७ औं मिनेटमा केटिहले गोल गर्दा आर्सनल ३–० को आरामदायी अवस्थामा पुगेको थियो । त्यसपछि घरेलु टोलीका लागि मितोमाले ६५ औं मिनेटमा गोल फर्काउदै खेल ३–१ को अवस्थामा पुग्यो ।

त्यसको ६ मिनेटपछि नै मार्टिनेलीले गोल गर्दा आर्सनल ४–१ ले अघि बढ्यो । ७७ औं मिनेटमा फर्गुसनले गोल गरे तापनि ब्राइटनको हार टरेन र खेल ४–२ ले आर्सनलले जित्यो ।

जितसंगै १६ खेलमा ४३ अंक जोडेको आर्सनलले दोस्रो स्थानमा रहेको साविक विजेतन म्यानचेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ ।

यता, पराजित ब्राइटनको समान खेलमा २४ अंक छ र तालिकाको आठौं स्थानमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.