
एजेन्सी । स्पेनिस ला लिगामा सेल्टा डि भिगोमाथि एट्लेटिको डि मड्रिडले जित निकालेको छ ।
विहिवार राति भएको खेलमा एटलेटिको डि मड्रिडले सेल्टा डि भिगोमाथि १–० को जित निकालेको हो ।
सेल्टाभिगोको घरेलु मैदान इस्टाडियो एबान्स बार्लाडोस रंगशालामा भएको खेलमा भ्रमणकारी टोली एट्ल्ेटिकोका लागि जुलियान अल्भारेजले निर्णायक गोल गरे ।
बराबरी उन्मुख खेलमा अल्भारेजले खेलको अन्त्यतिर ९० औं मिनेटमा निर्णायक गोल गरे ।
उक्त गोलका लागि एन्टोनी ग्रिजम्यानले असिस्ट प्रदान गरे ।
जितसंगै एट्लेटिकोले सात खेलबाट १५ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित घरेलु टोलीको समान सात खेलबाट ९ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ ।