एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा रियल बेटिसमाथि सहज जित निकालेको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता समेत रहेको रियल मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी रियल बेटिसमाथि २–० को सहज जित निकालेको हो ।
मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन केलिएन एम्बाप्पेले दुबै गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६७ औं मिनेटमा फेडरिको भालभार्डेको पासमा एम्बाप्पेले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।
त्यसपछि ७५ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल थप्दा मड्रिड २–० ले विजयी भयो ।
सहज जितसंगै साविक विजेता टोलीको ४ खेलबाट ८ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
पराजित बेटिसको भने ३ खेलमा २ अंकसहित तालिकाको १७ औं स्थानमा झरेको छ ।