एजेन्सी । स्पेनिस महारथी रियल मड्रिड ला लिगाअन्तर्गत खेलमा भ्यालेन्सियासंग बराबरीमा रोकिएको छ ।

सनिवार राति भएको खेलमा लिड लिडर रियल मड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी भ्यालेन्सियासंग २–२ को बराबरीमा रोकियो ।

भ्यालेन्सियाको घरेलु मैदान मेस्टाल्ला रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि ह्युगो डुरो र रोमन यारेमचुकले गोल गरे ।

यता, भ्रमणकारी टोलीका लागि भने भिनिसियस जुनियरले दुबै गोल फर्काए ।

पहिलो हाफको २७ औं मिनेटमा फरान पेरेजको पासमा ह्युगो डुरोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसको तीन मिनेटपछि नै ३० औं मिनेटमा रोमन यारेमचुकले गोल थप्दा भ्यालेन्सिया २–० ले अघि बढ्यो ।

तर, पहिलो हाफको अन्त्यतिर इन्जुरी समयको पाँचौं मिनेटमा रोड्रिगोको पासमा भिनिसियस जुनियरले गोल फर्काउँदा भ्रमणकारी टोली २–१ ले खेलमा फर्कियो ।

दोस्रो हाफको ७६ औं मिनेटमा ब्राहिम डाइजको असिस्टमा भिनिसियस जुनियरले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।

त्यसपछि खेलको अन्त्यतिर जुधे बेलिङघमले गोल गरेतापनि रेफ्रीले गोल अगाडी नै खेल सकिएको जनाए ।

जसले गर्दा केहिबेर मैदान गर्मागर्मी भयो । सोहि समयमा बेलिङघमलाई रेफ्रीले सोझै रातो कार्ड देखाए ।

बराबरीमा रोकिएको लिग लिडर रियल मड्रिडले २७ खेलमा ६६ अंक जोडेको छ ।

घरेलु टोली भ्यालेन्सियाको भने २६ खेलमा ३७ अंक सहित तालिकाको९ औं स्थानमा रहेको छ ।

ला लिगाअन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा गेटाफेले लास पाल्माससंग ३–३ को बराबरी खेल्दा सेभिल्लाले रियल सोसिडाडमाथि ३–२ को जित निकाल्यो ।

त्यस्तै, रोयो भालेकानोकाडिजले भने १–१ को बराबरी खेल्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.