
एजेन्सी । स्पेनिस ला लिगामा एट्लेटिक क्लबमाथि रियल मड्रिडले जित हात पारेको छ ।
आइतवार राति भएको खेलमा बलियो मड्रिडले घरेलु टोली एट्लेटिकलाई २–० ले पराजित गरेको हो ।
सान मामेस रंगशालामा भएको खेलमा मड्रिडले खेलको २४ औं मिनेटमा करिम बेन्जामाको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफ १–० ले अघि रहेको मड्रिडले दोस्रो हाफको ९० औं मिनेटमा टोनी क्रुसको गोलमार्फत खेल २–० ले जित्यो ।
जितसंगै मड्रिडको १७ खेलमा ४१ अंक भएको छ । मड्रिड लिग तालिकाको दोस्रो स्थानमा छ ।
यता, पराजित एट्लेटिकको १८ खेलमा २६ अंक छ । एट्लेटिक तालिकाको आठौं स्थानमा छ ।
गयराति नै भएको ला लिगा खेलमा लिग लिडर बार्सिलोनाले गेताफेमाथि १–० को जित निकालेको छ ।
बार्सिलोनाका लागि एकमात्र निर्णायक गोल पेड्रीले खेलको ३५ औं मिनेटमा गरे ।
जितसंगै बार्सिलोनाको १७ खेलमा ४१ अंक भएको छ ।
पराजित गेताफे १७ अंकका साथ १६ औं स्थानमा छ ।