एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत खेलमा रियल मड्रिडले माल्लोर्कामाथि जित निकालेको छ ।
सनिवार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी माल्लोर्कामाथि १–० को जित निकालेको हो ।
माल्लोर्काको घरेलु मैदान इस्टादी माल्लोर्का सन मोइक्स रंगशालामा भएको खेलमा औरेलियन टुचेमेन्डीले निर्णायक गोल गरे ।
दोस्रो हाफको ४८ औं मिनेटमा टुचेमेन्डीले निर्णायक गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले जित दिलाए ।
जितसंगै शीर्ष स्थानमा रहेको मड्रिडले ३१ खेलमा ७८ अंक जोडेको छ ।
पराजित माल्लोर्काको समान ३१ खेलबाट ३१ नै अंकसहित तालिकाको १५ औं स्थानमा रहेको छ ।
त्यस्तै, काडिजको घरेलु मैदान नुएभो मिरान्डिला रंगशालामा भएको अर्को खेलमा बार्सिलोना १–० ले विजयी भएको छ ।
पहिलो हाफको ३७ औं मिनेटमा जाओ फेलेक्सले गरेको गोल निर्णायक बन्दा बार्सिलोना १–० ले विजयी भएको हो ।
जितसंगै बार्सिलोनाले ३१ खेलबाट ७० अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित काडिजको समान ३१ खेलबाट २५ अंकसहित तालिकाको १८ औं स्थानमा रहेको छ ।