एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा ग्रानाडामाथि फराकिलो जित हासिल गरेको छ ।

सनिवार राति भएको खेलमा रियल मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी ग्रानडामाथि ४–० को फराकिलो जित हासिल गरेको हो ।

ग्रानाडाको घरेलु मैदान नुएभो लोस कारमेनेस रंगशालामा भएको खेलमा मड्रिडको जितमा ब्राहिम डाइजले दुई गोल गर्दा फरान गार्सिया र अर्डा गुलेरले एक–एक गोल गरे ।

पहिलो हाफको ३८ औं मिनेटमा गार्सियाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गार्सियाको पासमा गुलेरले गोल थप्दा मड्रिड पहिलो हाफसम्ममा २–० ले अघि बढ्यो ।

यता, दोस्रो हाफको ४९ औं मिनेटमा डानी सेबालोसको पासमा डाइजले गोल थप्दा मड्रिड ३–० ले अघि बढ्यो ।

त्यस्तै, ५८ औं मिनेटमा लुका मोड्रिचको पासमा डाइजले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा मड्रिड ४–० ले विजयी भयो ।

फराकिलो जितसंगै यसअघि नै लिग जितिसकेको मड्रिडले ३५ खेलबाट ९० अंक जोडेको छ ।

ग्रानाडाको भने समान ३५ खेलमा २१ अंकसहित तालिकाको १९ औं स्थानमा रहेको छ ।

पराजयसंगै ग्रानडा जारी सिजनबाट रेलिगेशनमा पर्ने निश्चित भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.