
एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगामा कठिन जित हासिल गरेको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता रियल मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अलाभेसमाथि १–० को कठिन जित हासिल गरेको हो ।
अलाभेसको घरेलु मैदान मेन्डीजोरोजा रंगशालामा भएको खेलमा भ्रमणकारी टोली मड्रिडलाई जिताउन इडुआर्डो कामाभिङ्गाले निर्णायक गोल गरे ।
पहिलो हाफको ३४ औं मिनेटमा फेडेरिको भालभार्डेको पासमा कामाभिङ्गाले गोल गर्दै मड्रिडलाई १–० ले अघि बढाए ।
खेलको ३८ औं मिनेटमा केलियन एम्बाप्पेले सिधै रातो कार्ड खान पुग्दा मड्रिड १० खेलाडीमा समेतियो ।
यता, दोस्रो हाफको ७० औं मिनेटमा अलाभेसका म्यानुयल सान्चेजले पनि रातो कार्ड खाए ।
जितसंगै मड्रिडले उपाधि रक्षा गर्ने अभियान जिवितै राखेको छ ।
मड्रिडले ३१ खेलबाट ६६ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा यथावत छ ।
यो भनेको शीर्ष स्थानमा रहेको बार्सिलोनासंग ४ अंकले पछि हो ।
पराजित अलाभेको भने ३१ खेलबाट ३० अंकसहित तालिको १७ औं स्थानमा रहेको छ ।