
एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत खेलमा एट्लेटिको डि मड्रिडले भिल्लारियलमाथि जित हासिल गरेको छ ।
सोमवार राति भएको खेलमा एट्लेटिको डि मड्रिडले भिल्लारियलमाथि २–१ को प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
भ्यालेन्सियाको घरेलु मैदान इस्टाडियो दि ला कारामिका रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीको जितमा एक्सेल विट्सेल र साउल निगुएजले गोल गरे ।
त्यस्तै, घरेलु टोलीका लागि भने एलेक्जान्डर सोरलोथले एक गोल फर्काए ।
खेल सुरु भएको ९ औं मिनेटमा राड्रिगो रिक्युएलमीको असिस्टमा एक्सेलले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ५० औं मिनेटमा जेरार्ड मोरेनोको असिस्टमा एलेक्जान्डरले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, खेलको अन्त्यतिर ८७ औं मिनेटमा साउलले गोल गर्दा एट्लेटिको २–१ ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै एट्लेटिकोले ३० खेलबाट ५८ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित भिल्लारियलको समान ३० खेलमा ३८ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ ।