
एजेन्सी । एट्लेटिको डि मड्रिड स्पेनिस ला लिगामा रियल बेटिससंग स्तब्ध बनेको छ ।
आईतवार राति भएको खेलमा एट्लेटिको डि मड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी रियल बेटिससंग १–० ले स्तब्ध बनेको हो ।
बेटिसको घरेलु मैदान बेनिटो भिल्लामारिन रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा एट्लेटिकोका जोसे जिमेनेजले आत्मघाती गोल गरे ।
खेल सुरु भएको चौथौं मिनेटमा जिमेनेजले आत्मघाती गोल गर्न पुग्दा एट्लेटिको १–० ले पछि पर्यो ।
त्यसपछि खेलमा फर्किन संघर्ष गरेतापनि गोल निकाल्न नसकेपछि एट्लेटिको पराजित हुन पुग्यो ।
एट्लेटिकोलाई हराएसंगै बेटिसले ११ खेलबाट १८ अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
पराजित एट्लेटिकोको भने समान ११ खेलमा २० अंकसहित तालिकाको चौंथौं स्थानमा झरेको छ ।