
एजेन्सी । रियल बेटिसले स्पेनिस ला लिगामा जिरोनामाथि सहज जित निकालेको छ ।
सोमवार राति भएको खेलमा रियल बेटिसले जिरोनामाथि ३–१ को सहज जित निकालेको हो ।
जिरोनाको घरेलु मैदान म्युनिसिपल जोसे हर्नान्डेज रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीका लागि जोनी, एन्टोनी र इस्कोले गोल गरे ।
पराजित घरेलु टोलीका लागि क्रिस्टियन स्टुआनीले एक गोल फर्काए ।
खेल सुरु भएको छैटौं मिनेटमा इस्कोको पासमा जोनीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३९ औं मिनेटमा रोमेन पेराउडको पासमा एन्टोनीले गोल थप्दा बेटिस २–० ले अघि बढ्यो ।
त्यस्तै, ४२ औं मिनेटमा इस्कोले गोल गर्दा बेटिस ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर स्टुआनीले जिरोनाका लागि एक गोल फर्काउँदा खेल ३–१ ले सकियो ।
जितसंगै बेटिसले ३२ खेलबाट ५१ अंक जोडेर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पराजित जिरोनाको समान ३२ खेलबाट ३४ अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ ।