एजेन्सी । स्पेनिस महारथी बार्सिलोनाले ला लिगाअन्तर्गत खेलमा जिरोनामाथि फराकिलो जित हासिल गरेको छ ।
आईतवार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि ४–१ को फराकिलो जित निकालेको हो ।
जिरोनाको घरेलु मैदान म्युनिसिपल दि मोन्टिलेभी रंगशालामा भएको खेलमा भ्रमणकारी टोली बार्सिलानालाई जिताउन युवा खेलाडी लामिन यामलले दुई गोल गर्दा ड्यानी ओल्मो र पेड्रीले एक–एक गोल गरे ।
घरेलु टोलीका लागि भने क्रिस्टियन स्टुआनीले सान्तोना गोल फर्काए ।
पहिलो हाफको ३० औं मिनेटमा यामलले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३७ औं मिनेटमा रोर्बट लेवान्डोस्कीको पासमा यामलले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा बार्सिलोना २–० ले अघि बढ्यो ।
त्यस्तै, दोस्रो हाफको ४७ औं मिनेटमा जुलेस कौन्डेको पासमा ओल्मोले गोल थप्दाा क्याटलान क्लब ३–० ले अघि बढ्यो ।
यता, ६४ औं मिनेटमा मार्क कासाडोको पासमा पेड्रीले गोल थप्दा बार्सिलोना ४–० ले अघि बढ्यो ।
तर, ८० औं मिनेटमा घरेलु टोलीका लागि पोर्टुको पासमा स्टुआनीले गोल फर्काउँदा खेल ४१ को अवस्थामा आयो ।
८६ औं मिनेटमा फेरान टोरेसले रातो कार्ड पाउँदा र्बािसलोना १० खेलाडीमा समेतियो ।
त्यसपछि खेलमा थप गोल भएन र बार्सिलोना ४–१ ले विजयी भयो ।
फराकिलो जितसंगै बार्सिलोनाले पाँच लिग खेलबाट शतप्रतिशत जितलाई निरन्तरता दिँदा १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित जिरोनाको भने समान पाँच खेलबाट सात अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।