एजेन्सी । स्पेनिस महारथी बार्सिलोनाले ला लिगाअन्तर्गत खेलमा गेटाफेमाथि फराकिलो जित हासिल गरेको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको बार्सिलोनाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी गेटाफेमाथि ४–० को फराकिलो जित हासिल गरेको हो ।

क्याटलान क्लबको घरेलु मैदान इस्टाडी ओलम्पिक लुइस कम्पनिज रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा राफिन्हा, जाओ फेलेक्स, फ्राङ्की डि जोङ र फेरमिनले गोल गरे ।

खेल सुरु भएको पहिलो हाफको २० औं मिनेटमा जुलेस कौन्डेको पासमा राफिन्हाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा एन्ड्रेस क्रिस्टियन्सनको पासमा जाओ फेलेक्सले गोल थप्दा बार्सिलोना २–० ले अघि बढ्यो ।

त्यस्तै, ६१ औं मिनेटमा रोफिन्हाको असिस्टमा फ्राङ्की डि जोङले गोल थप्दा क्याटलान क्लब ३–० को आरामदायी अग्रता सहित अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा फेरमेनले गोल थप्दा बार्सिलोना ४–० ले विजयी भयो ।

एकपक्षिय फराकिलो जितसंगै बार्सिलोनाले २६ खेलमा ५७ अंक जोड्दै लिग तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

पराजित भ्रमणकारी टोलीको समान २६ खेलमा ३४ अंक रहेको छ । गेटाफे तालिकाको १० औं स्थानमा रहेको छ ।

सनिवार राति नै भएको अन्य ला लिगा खेलहरुमा एट्लेटिको डि मड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अल्मारियासंग २–२ को बराबरीमा रोकिँदा अलाभेसमाल्लोर्काले पनि १–१ गोलको बराबरी खेलेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.