
एजेन्सी । स्पेनिस महारथी बार्सिलोना ला लिगाअन्तर्गत खेलमा ओसासुनासंग स्तब्ध बनेको छ ।
सनिवार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी ओसासुनासंग बलियो बार्सिलोना ४–२ गोलअन्तरले स्तब्ध बनेको हो ।
ओसासुनाको घरेलु मैदान इल सादर रंगशालामा भएको खेलमा बलियो क्याटलान टोलीलाई पराजित गर्न घरेलु टोलीका लागि अन्ट बुडिमिरले दुई गोल गर्दा बार्यन जारागोजा र अबेल ब्रेटोन्सले एक–एक गोल गरे ।
पराजित बार्सिलोनाका लागि भने पाउ भिक्टर र लामिन यामलले गोल फर्काए ।
खेल सुरु भएको १८ औं मिनेटमा जारागोजाको पासमा बुडिमिरले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २८ औं मिनेटमा पाब्लो इबानेजको पासमा जारागोजाले गोल थप्दा ओसासुना २–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको ५३ औं मिनेटमा जेरार्ड मार्टिनको पासमा भिक्टरले बार्सिलोनाका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
यता, ७२ औं मिनेटमा बुडिमिरले पेनाल्टीमा गोल थप्दा ओसासुना ३–१ ले अघि बढ्यो ।
त्यस्तै, ८५ औं मिनेटमा ब्रेटोन्सले गोल थप्दा ओसासुना ४–१ ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर ८९ औं मिनेटमा बार्सिलोनाका लागि फेरान टोरेसको पासमा यामलले गोल फर्काउँदा खेल ४–२ ले सकियो ।
हारसंगै बार्सिलोनाले ८ खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
बलियो प्रतिद्वन्दीविरुद्व सनसनी जित निकालेको ओसासुनाको भने समान ८ खेलमा १४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लेको छ ।