एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा एट्लेटिक क्लबमाथि सहज जित निकालेको छ ।

आईतवार राति भएको खेलमा लिग लिडर समेत रहेको रियल मड्रिडले जारी सिजन लयमा रहेको एट्लेटिक क्लबमाथि २–० को सहज जित निकालेको हो ।

मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन दुबै गोल रोड्रिगोले गरे ।

खेल सुरु भएको ८ औं मिनेटमा ब्राहिम डाइजको पासमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ७३ औं मिनेटमा जुधे बेलिङघमको पासमा रोड्रिगोले गोल थप्दा मड्रिड २–० ले विजयी भयो ।

सहज जितसंगै लिग लिडर मड्रिडले ३० ला लिगा खेलमा ७५ अंक जोडेको छ ।

पराजित भ्रमणकारी टोलीको भने समान ३० खेलमा ५६ अंकसहित तालिकाको चौथौं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.