
एजेन्सी । स्पेनिस महारथी बार्सिलोनाले ला लिगाअन्तर्गत खेलमा लास पाल्मासमाथि रोमाञ्चक पुनरागमन जित हासिल गरेको छ ।
विहिवार राति भएको खेलमा साविक विजेता समेत रहेको बार्सिलोनाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी लास पाल्मासमाथि २–१ को रोमाञ्चक पुनरागमन जित हासिल गरेको हो ।
पाल्मासको घरेलु मैदान इस्टाडियो ग्रान कानारिया रंगशालामा भएको बराबरी उन्मुख खेलको अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाले रोमाञ्चक जित निकाल्यो ।
त्यसअघि खेल सुरु भएको १२ औं मिनेटमा सान्ड्रो रामिरेजको पासमा मुनिर इल हाड्डाडीको गोलमार्फत् घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
तर, दोस्रो हाफको ५५ औं मिनेटमा सर्जेइ रोर्बेटोको असिस्टमा फेरान टोरेसले गोल फर्काउँदै बार्सिलोना खेलमा १–१ को बराबरीमा फर्कियो ।
यता, निर्धारित ९० मिनेटको समयपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो ।
क्याटलान क्लबका फरवार्ड जाओ फेलेक्ुसलाई पाल्मासका डेले सिंकग्राभेनले डिबक्स भित्र फाउल गरेपछि बार्सिलोनाले अन्तिम समयमा पेनाल्टीको अवसर पायो ।
उक्त फाउलका लागि सिंकग्राभेनले भने रातो कार्डको सामना गर्न पर्यो ।
पेनाल्टीमा इल्के गुन्डुवानले गोल गर्दै बार्सिलोनालाई २–१ लृ जिताए ।
महत्वपूर्ण जितसंगै बार्सिलोनाले १९ खेलमा ४१ अंक जोड्दै लिग तालिकामा तेस्रो स्थानमा रहेको छ ।
पराजित लास पाल्मासको समान खेलमा २५ अंक रहेको छ ।
पाल्मास तालिकाको १० औं स्थानमा झरेको छ ।