
भक्तपुर । नेपाल एएफसी एसियन कप छनोटमा लावससंग पराजित भएको छ ।
मंगलवार लावसको घरेलु मैदान लावस राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल लावससंग २–१ गोलअन्तरले पराजित भएको हो ।
खेल सुरु भएको १३ औं मिनेटमा दामोथ थोङखाम्साभ्थले गोल गर्दा नेपाल १–० ले पछि पर्यो ।
त्यस्तै, दोस्रो हाफको ४९ औं मिनेटमा पिटर पाहनथाभोङले गोल गर्दा नेपाल २–० ले पछि पर्यो ।
यता, ७३ औं मिनेटमा मनिष डाँगीले पेनाल्टीमा गोल गरेतापनि नेपालको हार भने तर्न सकेन ।
समूह ‘एफ’ मा रहेको नेपालले २ खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।
नेपालमाथि जित निकालेको लावसको भने समान २ खेलमा ३ अंक जोडेर समूह तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।