
भक्तपुर । नेपालले एएफसी महिला एसियन कप छनोटअन्तर्गत खेलमा लाओसमाथि फराकिलो जित निकालेको छ ।
आईतवार साँझ भएको खेलमा नेपालले लाओसमाथि ९–० को एकपक्षिय फराकिलो जित निकालेको हो ।
उज्बेकिस्तानमा भएको खेलमा नेपाललाई जिताउन कप्तान साबित्रा भण्डारी (साम्बा) ले सर्वाधिक ५ गोल गरिन् ।
त्यस्तै, अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमारी घिसिङले समान एक–एक गोल थपिन् ।
नेपाली महिला टोलीको १०० औं अन्तर्राष्ट्रिय खेलमा जितसंगै नेपालको छनोट यात्रा सुखद बनेको छ ।