भक्तपुर । काठमाडौंमा आज (बुधवार) बाट सुरु हुने प्रधानमन्त्री त्रिदेशीय कप (थ्री नेसन्स कप) को उद्घाटन खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अल्बर्टो भिसेन्जो एनेसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ६ बजे सुरु हुने उद्घाटन खेलमा लाओसविरुद्व खेल्ने सुरुवाती ११ सार्वजनिक गरेको हो ।
कप्तान तथा गोलकिपर किरण चेम्जोङ, विकाश खवास, अनन्त तामाङ, नविन लामा, एरिक बिष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ र रोहित चन्द ठकुरी सुरुवाती ११ मा परेका छन् ।
प्रतियोगितामा नेपालसहित भुटान र लाओस सहभागी छन् ।