एजेन्सी । स्पेनिस महारथी रियल मड्रिड युरोपेली फुटबलको लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको अन्तिम १६ अन्तर्गत दोस्रो लेग खेलमा जर्मन क्लब आरबी लाइपिजिङसंग १–१ को बराबरीमा रोकिँदा समग्रमा २–१ को जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि भिनिसियस जुनियरले गोल गर्दा भ्रमणकारी टोलीका लागि विल्ली ओर्बानले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६५ औं मिनेटमा जुधे बेलिङघमको असिस्टमा भिनिसियस जुनियरले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

तर, ६८ औं मिनेटमा डाभिड रौमको पासमा ओर्बानले लाइपिजिङका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि खेलमा थप गोल निस्किएन र खेल १–१ को बराबरीमा सकियो ।

त्यसअघि अन्तिम १६ को पहिलो लेग खेलमा युरोपेली क्लब फुटबलका सर्वाधिक सफल क्लब मड्रिडले १–० को जित निकालेको थियो ।

सोहि नतिजाकै कारण समग्रमा २–१ को जितका साथ मड्रिड क्वाटरफाइनल प्रवेश गर्न सफल रह्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.