एजेन्सी । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट लिग मेजर लिग क्रिकेट (एमएलसी) अन्तर्गत दोस्रो चरणको खेलमा एमआई न्युयोर्कले लस एन्जलस नाइट राइडर्सलाई फराकिलो रनअन्तरले पराजित गरेको छ ।

सोमवार विहान भएको खेलमा एमआई न्युयोर्कले लस एन्जलस नाइट राइडर्सलाई १०५ रनको फराकिलो रनअन्तरले पराजित गरेको हो ।

अमेरिकास्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा १५६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको लस एन्जलसलाई १३.५ ओभरमा मात्र ५० रनमा अलआउट गर्दै न्युयोर्कले फराकिलो रनअन्तरको जित हात पार्यो ।

महत्वपूर्ण जितसंगै न्युर्योकले २ खेलमा २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ । राम्रो रननेटका आधारमा न्युयोर्क दोस्रो स्थान उक्लिएको हो ।

पराजित लस एन्जलसले खेलेको दुबै खेलमा हार बेर्होदै तालिकाको पुच्छारमा रहेको छ ।

लस एन्जलसका लागि उन्मुक्त चन्दले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोड्नुका अलावा अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एडम जाम्पा ६ रनमा अविजित रहँदा विकेटकिपर जसकरण मल्होत्रा ५, अली खान ४, कप्तान सुनिल नारिने, आन्द्रे रसेल, रिले रोस्सोउ समान २–२ रन बनाउँदै आउट हुँदा लस एन्जलसका ३ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।

लस एन्जलसले अतिरिक्त रुपमा ३ रन जोड्यो ।

लस एन्जलसका ब्याट्सम्यानहरुलाई कसिलो बलिङ गर्दै धराशायी बनाउन न्युयोर्कका लागि कप्तान केइरन पोलाल्डले २ ओभर बलिङ गर्दै ९ रन दिएर २ विकेट लिँदा इसान अदिलले ३ ओभर बलिङ गर्दै ७ रन दिएर २ विकेट लिए ।

त्यस्तै, नोस्थुश केन्जिगेले ३ ओभर बलिङ गर्दै मात्र ७ रन दिएर २ विकेट लिँदा ट्रेन्ट बोल्डले २.५ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिए ।

यता, कागिसो राबदाले ३ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै १६ रन खर्चिएर २ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको न्युयोर्कले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

न्युयोर्कका लागि टिम डेभिडले २१ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ४८ रन जोड्दै अविजित पारी खेल्दा विकेटकिपर निकोलास पुरनले ३७ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाए ।

त्यस्तै, देवाल्ड ब्रेभिसले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोड्दै पेविलियन फर्किदा हम्माद अजामले ८, कप्तान केइरन पोलाल्डले ५, मोनाङ्क पटेल र शयान जाहाङ्गिरले समान ४–४, नोस्थुश केन्जिगेले २ तथा कागिसो राबदाले १ रन बनाउँदै आउट भए ।

ट्रेन्ट बोल्ड भने ७ रनमा अविजित रहे । न्युयोर्कले अतिरिक्त रुपमा २३ रन जोड्यो ।

लस एन्जलसका लागि अली खानले ४ ओभर बलिङ गर्दा २८ रन दिएर २ विकेट लिँदा कोर्न ड्रायले २ ओभर बलिङ गर्नेक्रममा १० रन दिएर २ विकेट हात पारे ।

त्यस्तै, एडम जाम्पाले ४ ओभर बलिङ गर्नेक्रममा २५ रन दिएर २ विकेट लिँदा लोकी फर्गुसनले ४ ओभर बलिङ गर्दै ३७ रन खर्चिएर १ विकेट लिए ।

त्यसअघि सोमवार विहानै सम्पन्न पहिलो खेलमा बासिङ्टन फ्रिडमले टेक्सास सुपर किङ्ग्समाथि रोमाञ्चक ६ रनको जित हात पार्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.