
एजेन्सी । चेल्सीले प्रिमियर लिगअन्तर्गत लण्डन डर्बीमा वेस्टह्याम युनाइटेडमाथि स्पष्ट जित निकालेको छ ।
सनिवार साँझ भएको लण्डन डर्बी खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडमाथि ३–० को स्पष्ट जित निकालेको हो ।
वेस्टह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली चेल्सीलाई जिताउन निकोलास ज्याक्सनले दुई गोल गर्दा कोल पाल्मरले एक गोल गरे ।
खेल सुरु भएको चौथौं मिनेटमा जोडन सान्चोको पासमा ज्याक्सनले गोल गर्दा चेल्सी १–० ले अघि बढ्यो ।
त्यसपछि १८ औं मिनेटमा मोइसिस काइसेडोको पासमा ज्याक्सनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा चेल्सी २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ४७ औं मिनेटमा ज्याक्सनकै पासमा पाल्मरले गोल गर्दा भ्रमणकारी टोली ३–० ले विजयी भयो ।
स्पष्ट जितसंगै चेल्सीले लिगमा पाँच खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित वेस्टह्यामको भने समान पाँच खेलमा चार अंक रहेको छ ।
वेस्टह्याम तालिकाको १४ औं स्थानमा रहेको छ ।