Nicholas Pooran of Lucknow Super Giants and Marcus Stoinis of Lucknow Super Giants during match 39 of the Indian Premier League season 17 (IPL 2024) between Chennai Super Kings and Lucknow Super Giants held at the MA Chidambaram Stadium, Chennai on the 23rd April 2024. Photo by Saikat Das / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा लखनउ सुपर जायन्सद्वारा चेन्नेई सुपर किंग्स पराजित भएको छ ।

मंगलवार राति भएको आईपिएल खेलमा लखनउ सुपर जायन्सद्वारा साविक विजेता चेन्नेई सुपर किंग्स ६ विकेटले पराजित भएको हो ।

महत्वपूर्ण जितसंगै लखनउले ८ खेलबाट १० अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।

पराजित चेन्नेईको भने समान ८ खेलमा ८ अंकसहित तालिकाको पाँचौं स्थानमा झरेको छ ।

चेन्नेईको घरेलु मैदान एम. ए. चिदमबरम रंगशालामा भएको खेलमा २११ रनको विशाल विजयी लक्ष्य पछएको भ्रमणकारी टोली लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै २१३ रन जोड्यो ।

लखनउको जितमा मार्कुस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक १२४ रनको शतकिय पारी खेल्दै अविजित रहँदा निकोलास पुरनले १५ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान तथा विकेटकिपर केएल राहुलले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोड्दै आउट हुँदा दिपक होद्दाले ६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेर १७ रन जोड्दै अविजित रहे ।

यता, इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका देवदुत पादिक्कलले १९ बलमा १३ रन जोड्दा ओपनर ब्याट्सम्यान क्विन्टन डि कक भने शुन्य रनमा पेविलियन फर्किए ।

लखनउले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

चेन्नेईका लागि माथिशा पाथिराणाले २ विकेट लिँदा दिपक चाहर र मुस्ताफिजुर रहमानले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नेईले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २१० रन जोड्यो ।

चेन्नेईका लागि कप्तान रुतुराज गाइकवादले ६० बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १०८ रनको शतकिय पारी खेल्दा शिभम् दुबेले २७ बल खेल्नेक्रममा ३ चौका र ७ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दै रनआउट भए ।

त्यस्तै, रबिन्द्र जडेजाले १९ बलमा २ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा ड्र्याल मिटचेलले १० बल खेल्दै १ चौका मद्दतमा ११ रन बनाएर पेविलियन फर्किए ।

यता, भेट्रान खेलाडी महेन्द्र सिंह धोनी ४ रनमा अविजित रहँदा ओपनर ब्याट्सम्यान अजिन्के राहाने १ रनमा पेविलियन फर्किए ।

चेन्नेईले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

लखनउका लागि यश ठाकुर, मोहसिन खान र म्याट हेनरीले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.