
भक्तपुर । चीनमा हुने १९ औं संस्करणको एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्सका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
एसियन गेम्समा रोहित पौडेलको कप्तानीमा करण केसी, प्रतिस जिसी, विकेटकिपर आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सुन्पि जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहरा र सन्दिप लामिछाने समेतिएका छन् ।
१४ राष्ट्रको सहभागिता रहेको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।
नेपालले समूह चरणअन्तर्गत पहिलो खेल सेप्टेम्बर २७ तारिख अर्थात् असोज १० गते मंगोलियासंग खेल्नेछ ।
त्यस्तै, दोस्रो खेल अक्टुबर १ तारिख अर्थात् असोज १४ गते माल्दिभ्ससंग खेल्नेछ ।