एजेन्सी । इंग्लिस फुटबलका लेजण्ड डेविड बेक्यामका छोरा रोमियो बेक्याम इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका छन् ।

अमेरिकी क्लब इन्टर मियामीबाट ६ महिनाका लागि लोनमा उनलाई ब्रेन्टफोर्डले अनुबन्ध गरेको हो ।

२० वर्षिय खेलाडीले जारी सिजनको बाँकी समय लण्डन क्लबको ‘बी’ टिममा रहेर खेल्नेछ । ‘बी’ टिमलाई बेन्टफोर्डको ब्याकअप टिम पनि मान्ने गरिन्छ ।

दायाँ पट्टीको मध्यपक्ति (राइट विंगर) बाट खेल्ने रोमियो बेक्यामले यसअघि इन्टर मियामीको सिनियर टोलीबाट प्रि–सिजनमा बार्सिलोनाविरुद्वको खेलमा डेब्यु गरेका थिए ।

इन्टर मियामी जानु भन्दा पहिला उनले आर्सनलको एकेडेमीमा प्रशिक्षण गर्ने गर्थे ।

अमेरिकी क्लब इन्टर मियामीको मालिक डेभिड बेक्याम हुन् ।

 

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.