
एजेन्सी । इटालियन क्लब रोमा युरेपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
विहिवार राति डच क्लब फेयनोर्डलाई ट्राइब्रेकरमा ४–२ ले पराजित गरेसंगै रोमा युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको हो ।
रोमाको घरेलु मैदान ओलम्पिको रंगशालामा भएको खेल निर्धारित ९० रन अतिरिक्त ३० मिनेटको समयमा १–१ को बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।
जसमा रोमाका लागि लियान्ड्रो परेदेस, ब्रायन क्रिस्टाइन, हौस्सेम औउर र निकोला जेलस्कीले गोल गर्दा रोमेलु लुकाकुको पेनाल्टी प्रहार भने चुक्न पुग्यो ।
यता, भ्रमणकारी टोलीका लागि भने अयासे वेडा र क्वीलिन्दस्चे हार्टम्यानले पेनाल्टीमा गोल गर्दा डेभिड हान्को र अलिरेजा जाहानबाख्शको प्रहार खेर गयो ।
त्यसअघि खेल सुरु भएको पाँचौं मिनेटमा सान्टियागो जिमेनेजले गोल गर्दै फेयनोर्डलाई सुरुवाती अग्रता दिलाए ।
तर, १५ औं मिनेटमा लोरेन्जो पिल्लीग्रेनीले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।