एजेन्सी । इटालियन सिरी ए अन्तर्गत खेलमा एएस रोमामाथि युभेन्टसले साँघुरो जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा एस रोमामाथि युभेन्टसले १–० को साँघुरो जित हासिल गरेको हो ।
युभेन्टसको घरेलु मैदान एलियान्ज रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि एड्रियन राबियोटले निर्णायक गोल गरे ।
दोस्रो हाफको ४७ औं मिनेटमा दुसान भ्लाहोभिकको पासमा राबियोटले गोल गर्दै युभेन्टसलाई १–० ले जित दिलाए ।
जितसंगै युभेन्टसले १८ खेलमा ४३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित रोमाको भने समान १८ खेलमा २८ अंक रहेको छ ।
रोमा तालिकाको सातौं स्थानमा झरेको छ ।