एजेन्सी । जर्मन बुडेसलिगामा २१ चरणका लिग खेलहरु सम्पन्न भएका छन् । २१ चरणका खेलहरु सकिँदासम्म बुदेसलिगाको उपाधि दौड खुल्ला देखिएको छ ।

उपाधि होडमा जर्मन महारथी ब्रायन म्युनिखसंगै बुरुसियन डर्टमण्ड, एफसी युनियन बर्लिन र एससी फेइबर्ग देखिएका छन् ।

आइतवार साविक विजेता समेत रहेको ब्रायन म्युनिख बुरुसिया मोनचेनग्लाबाकसंग ३–२ ले पराजित भएको थियो । तर चिरपरिचित प्रतिद्वन्दी बुरुसिया डर्टमण्डले भने ब्रायन म्युनिखसंग अंक बराबरी गर्ने अवसर चुकाएनन् ।

आइतवार हर्थ बिएससीलाई ४–१ ले पराजित गर्दै डर्टमण्डले म्युनिखसंग अंक बराबरी गरेको हो ।

म्युनिख बुडेसलिगाको तालिकामा २१ खेलमा ४३ अंकका साथ शीर्ष स्थानमा छ । यता, डर्टमण्डको पनि समान खेलमा ४३ अंक नै भएको छ । डर्टमण्ड गोलअन्तरका आधारमा मात्रै दोस्रो स्थानमा रहेको छ ।

यता, एफसी युनियन बर्लिनले भने यो हप्ता म्युनिखलाई उछिनेर शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ । साल्के ०४ संग गोलरहित बराबरी खेलेसंगै बर्लिनले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।

तर अंकमा भने बर्लिनले पनि म्युनिख र डर्टमण्डसंग बराबरी गरेको छ । बर्लिन गोलअन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै, एससी फेइबर्गले भिएफएल बोचुममाथि २–० को जित निकालेसंगै २१ खेलमा ४० अंक जोडेको छ । यो भनेको लिग लिडर म्युनिखसंग मात्र ३ अंकले पछि हो । फेइबर्ग लिग तालिकाको चौथौं स्थानमा रहेको छ ।

फामर्स लिगका रुपमा चिनिदै आएको जर्मन लिगको जारी सिजन भने रोमाञ्चक बन्दै गएको छ । यसअघि म्युनिखलाई उपाधि छोडेर दोस्रो को बन्ने भनेर प्रतिस्पर्धा हुने गरेको मान्ने गरिन्थ्यो ।

तर, जारी सिजन ब्रायन म्युनिखलाई उपाधिमा अन्य क्लबहरुले पनि जोडदार टक्कर दिइरहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.