भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको छैटौं खेलमा जनकपुर रोयल्सले विराटनगर सुपरकिंग्सविरुद्व रोमाञ्चक ५ विकेटको जित हात पारेको छ ।

अन्तिम २ बलमा जनकपुरलाई जितका लागि ६ रन आवश्यक हुँदा पहिलो बलमा चाडविक वाल्टनले चौका प्रहार गरे ।

अन्तिम बलमा २ रनको जित आवश्यक रहँदा रोमाञ्चक रुपमा वाल्टन र आदिल आलमको जोडीले पुरा गर्दै खेल जनकपुरले ५ विकेटले जित्यो ।

काठमाडौंस्थित टियू क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

वाल्टन ५५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रनमा अविजित रहे । आलम ६ बलमा १ छक्कासहित १० रनमा अविजित रहे ।

त्यस्तै, शरफुदिन असरफले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । विराटनगरका लागि नन्दन यादव,हुसेन तलात र रिजन ढकालले समान १–१ विकेट लिए ।

त्यसअघि क्रितिपूरस्थित टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हँदै १ सय ४० रन बनाएको थियो ।

विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८ रन जोडे । त्यस्तै, रोहित कुमार पौडेलले ३२ रनको योगदान दिँदा हुसेन तलातले २८ रन जोडे । यता, अर्जुन साउदले पनि १८ रन बनाए ।

जनकपुरका लागि ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, आदिल आलम र केसरिक विलियम्सले समान २–२ विकेट लिँदा सोमपाल कामीले पनि १ विकेट आफ्नो नाममा पारे ।

लिगअन्तर्गत भोली पहिलो खेलमा पोखरा एभेन्जर र लुम्बिनी अल स्टार्सबीच खेल हुनेछ । त्यस्तै, दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्स आमनेसामने हुँदैछन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.