भक्तपुर । कतारमा जारी फिफा विश्वकपअन्तर्गत क्यामरन र सविर्याको रोमाञ्चक खेल बराबरीमा सकिएको छ ।

समूह ‘जी’ मा रहेको यी दुई टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेको हो ।

अल जानोब रंगशालामा खेलको २९ औं मिनेटमा क्यामरनले सुरुवाती अग्रता लिएको थियो । क्यामरनका लागि जिन चार्लिस क्यास्टेलेटोले गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए ।

रोमाञ्चक खेलमा पहिलो हाफको अन्त्यतिर सर्वियाले नाटकिय रुपमा दुई गोल गरेपछि सनसनी रुपमा पहिलो हाफ २–१ ले अग्रता बनाएको थियो ।

सर्वियाका लागि पहिलो हाफको अतिरिक्त ६ मिनेटको समयमा स्ट्राहिन्जा पाब्लोभिक र सेर्जेइ मिलिनोभिक साभिकले गोल गरेका थिए ।

लगत्तै दोस्रो हाफको ५३ औं मिनेटमा एलेक्जान्डर मिट्रोभिचले गोल गर्दा सर्वियाको ३–१ को आरामदायी अवस्थामा पुगेको थियो ।

त्यसपछि परिर्वतित खेलाडीका रुपमा ५५ औं मिनेटमा मैदान प्रवेश गरेका भिनसियन्ट अवुबकारले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट प्रदान गरेपछि अफ्रिकी राष्ट्र खेलमा फर्कियो ।

अवुबकारले खेलको ६३ औं मिनेटमा अफसाईड ट्राप विट गर्दै गोल गरेका थिए । लगत्तै आक्रमक बनेको क्यामरनले इरिक म्याक्सिम चौपो मोटिङको गोलमार्फत खेल ३–३ को बराबरीमा ल्याए ।

जितका लागि मैदान उत्रिएका दुबै राष्ट्रले बराबरीसंगै एक–एक अंक प्राप्त गरेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.