म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्चियानो रोनाल्डोले इंग्लिस टक टिभीलाई हालसालै दिएको एक अतर्वाताले म्यान युनाइटेड उनको बसाई लगभग टुंगिने निश्चित देखिएको छ ।
पियर मोर्गानलाई दिएको उक्त अन्तर्वाताको प्रकाशित केहि अंशमा पोर्चुगिच कप्तानले युनाइटेडको व्यवस्थापनमा देखिएका समस्याहरु औंल्याउँदै असन्तुष्टि व्यक्त गरेका थिए । उनले युनाइटेडजस्तो ठूलो क्लब सहि नेतृत्वको अभावमा ओरालो लागिरहेको आरोप लगाउँदै यसको जिम्मेवार क्लबका मालिक ग्लाजलर परिवारदेखि लिएर व्यवस्थापनमा रहेका जिम्मेवार पदाधिकारीहरु रहेको जनाएका थिए ।
सोहि अन्तर्वातालाई लिएर युनाइटेडले उनलाई बर्खास्त गर्न सक्ने खबरहरु विभिन्न युरोपेली सञ्चारमाध्यमहरुमा प्रकाशित भईरहेका छन् । उसो त यो सिजन कमैमात्र खेल समय पाएका ५ पटकका बेलोन डीओआर विजेता ३७ वर्षिय खेलाडी पनि जनवरीमै ओल्डट्राफेड छोड्ने मनशायमा रहेको बुझ्न सकिन्छ ।
रोनाल्डोको बर्हिगमनले रेड डेभिल्सका रुपमा समेत चिनिने म्यान युनाइटेडभित्र कुन–कुन खेलाडी लाभान्वित हुन सक्ने छन् त यस विषयमा चर्चा गरौं ।
मर्कुस रासफर्ड
२५ वर्षीय युवा खेलाडी मार्कुस रासफर्ड युनाइटेडकै एकेडेमी उत्पादन हुन् । सन् २०१५÷१६ को सिजनमा युनाइटेडका लागि प्रिमियर लिगमा डेब्यु गरेका उनले अहिलेसम्म १०० गोल पार गरिसकेका छन् । गत सिजन खराब लयमा रहेका उनले यस सिजन राम्रो प्रर्दशन गरिरहेका छन् । उनले यो सिजन ८ गोल गरिसकेका छन् । तय छ रोनाल्डोको बर्हिगमनले उनले खेल समय अझ बढी पाउने छ । जसले गर्दा यी इंग्लिस अन्तराष्ट्रिय खेलाडीलाई आफ्नो क्षमता तिर्खार्ने मौका हुनेछ ।
एन्टोनी मार्सियल
फ्रान्सेली फरवार्ड एन्टोनी मार्सियल गएको सिजन गुमनाम रहे । युनाइटेडभित्र कमै मौका पाएका उनले पाएको खेल समयमा पनि राम्रो खेल्न सकेन । जसले गर्दा सिजनको विचमा उनी स्पेनिस क्लब सेभिल्ला लोनमा आबद्व भए । तर, स्पेनमा पनि उनले राम्रो गर्न सकेन । उनले सेभिल्लाका लागि केहि खेल खेल्दै घाईते हुन पुगे । २७ वर्षिय खेलाडीले प्रि–सिजनमा राम्रो प्रदर्शन देखाएकैले उनी वर्तमान युनाइटेडका डच प्रशिक्षक इरिक ट्याङ ह्याङको नजरमा परिरहेका छन् । फिटनेसमा कमजोर रहेका उनी जारी सिजनमा मात्रै दुई पटक चोटग्रस्त भईसकेका छन् । भर्खरैमात्रै चोट मुक्त हुँदै मैदान फर्किएका मार्सियलका लागि रोनाल्डोको बर्हिगमन सुखद बन्न सक्नेछ ।
जोर्डन सान्चो
गत सिजन क्रितिमानी १०० मिलियन डलरमा जर्मन क्लब बुरुसिया डर्टमण्डबाट म्यानचेस्टर युनाइटेड स्थानान्तरण भएका यी खेलाडी क्रिस्चियानो रोनाल्डोको पुनः आगमनसंगै छायामा रहे । उसो त बुडेसलिगा क्लबमा जस्तो प्रदर्शन उनले युनाइटेडको जर्सीमा देखाउन सकेका छनन् । इंग्लिस विगंरले युनाइटेडका लागि ६५ खेल खेलिसक्दा मात्र ११ गोल गरेका छन् । जारी सिजन पनि एक्कैनासको प्रदर्शन गर्न नसकिरहेका उनले पर्याप्त मौका पाउन सकेका छैनन् । यस्तोमा रोनाल्डो जाँदा उनले खेल समय पाउन सक्नेछ ।
ब्रुनो फर्नाडेज
गएको सिजन क्रिस्चियानो रोनाल्डो युनाइटेडमा आएसंगै सबभन्दा बढी प्रभाव यी खेलाडीलाई परेको पनि मान्ने गरिन्छ । रोनाल्डो ओल्डट्राफेड फर्केर आउनुभन्दा अगाडी युनाइटेडका प्रमूख खेलाडीका रुपमा ब्रुनो फर्नाडेज थिए । उनले खेलका क्रममा प्राप्त हुने फ्रिकिक, पेनाल्टी, तथा कर्नर प्रहार गर्ने गर्थे । २८ वर्षिय पोर्चुगिच मिडफिल्डरलाई पनि रोनाल्डोको बर्हिगमनले गुमेको शाख फर्काउने अवसर हुन सक्नेछ ।
एन्टोनी इलिंगा
म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड एन्टोनी इलिंगाले गएको सिजन राम्रो खेल समय पाए । २० वर्षिया युनाइटेडकै एकेडेमी उत्पादन इलिंगाले यस सिजन खेल समय खासै पाएका छैनन् । यदि रोनाल्डोले क्लब छाडे यी स्विडिस खेलाडीले खेल समय पाउन सक्नेछन् ।
एलेक्जार्डो ग्रानाचो
म्यानचेस्टर युनाइटेडका १८ वर्षिय युवा खेलाडी हुन् एलेक्जार्डो ग्रानाचो । व्यवस्थापक इरिक ट्याङ हाङले उनलाई यसै सिजनमा प्रिमियर लिगमा डेब्यु पनि गराए । सिनियर टिममा उनले राम्रो प्रर्दशन देखाईरहेका छन् । अर्जेन्टिनाका यी बायाँ विङ्गरले विश्वकपअघिको फुलहमविरुद्वको प्रिमियर लिग खेलमा परिवर्तित खेलाडीका रुपमा मैदानमा आई अन्तिम समयतिर गोल गर्दै युनाइटेडलाई जिताएका थिए । तय छ रोनाल्डोको बर्हिगमनले ग्रानाचोको विकासमा राम्रो फाईदा पुग्नेछ ।