एजेन्सी । साउदी प्रोफेस्नल लिगअन्तर्गत अल वेह्दा क्लबमाथि ४ गोल गरेसंगै क्रिस्चियानो रोनाल्डोले आफ्नो करियरमा ५०० लिग गोलको क्रीतिमान कायम गरेका छन् ।

विहिवार राति भएको खेलमा रोनाल्डो आबद्व अल नासेरले अल वेह्दा क्लबमाथि ४–० को जित हात पार्दा सबै गोल रोनाल्डोले गरेका थिए ।

पोर्चुगिच राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डोले खेलको २१, ४०, ५३ र ६१ औं मिनेटमा गोल गरेका थिए ।

३८ वर्षिय खेलाडीले स्पेनिस महारथी रियल मड्रिडका लागि ३११ ला लिगा गोल गर्दा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि १०३ प्रिमियर लिग गोल गरेका छन् ।

त्यस्तै, युभेन्टसको जर्सीमा ८१ सिरी ए गोल गर्दा पोर्चुगिच क्लब स्पोटिङबाट ३ लिगा पोर्चुगल गोल गरेका छन् ।

हाल आबद्व अल नासेरको जर्सीबाट साउदी प्रोफेस्नल लिगमा ५ गोल गरिसकेका छन् ।

कतार विश्वकप अगाडी प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा रहेका रोनाल्डोले इंग्लिस प्रत्रकारसामू एक विवादास्पद अन्तर्वाता दिएसंगै युनाइटेड र रोनाल्डोले आपसी सहमति गर्दै सम्झौता रद्द गरेपछि रोनाल्डो एसियाली क्लब अल नासेर पुगेका थिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.